बैंकिङ्ग समाचार, काठमाडौं ।
एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य आज (असोज ४ गते, मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ४७१ रुपैयाँ ६२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
इन्स्योरेन्सले असोज १३ गते, बिहीबार, १४ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित नाफाबाट इन्स्योरेन्सको चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस शेयर, कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रिया