बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंकको २६ हजार २५२ कित्ता संस्थापक शेयर आज (असोज ४) गतेदेखि लिलामीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सकिने गरी उक्त शेयर विक्री गर्न लागेको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय टाँडी, चितवनमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट उक्त शेयर खरीदका लागि माग नभएमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा विक्री प्रकृया अघि बढाईने कम्पनीको भनाई छ ।
प्रतिक्रिया