बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमइपेका ग्राहकले आइएमइपेकोे मोबाईल एप्स्मार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म अथवा बढिमा १०० रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र आइएमइपेका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने गरी सम्झौता भएको हो ।
सम्झौता पत्रमा आइएमइपेका सिइओ अमोद भट्टराई र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठका बिचमा हस्ताक्षर भयो । यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो । फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।
फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् । १ करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।
भुक्तानी सेवा प्रदायक आइएमइपे मार्फत विभिन्न किसिमका भुक्तानी तथा किनमेल गर्न सकिन्छ । यस मार्फत मोबाईल रिचार्ज, बिजुली, खानेपानीको महशुल लगायतका थुप्रै सेवाको भुक्तानी तथा किनमेल गर्न सकिन्छ ।
प्रतिक्रिया