बैंकिङ्ग समाचार, काठमाडौं ।
हिमालयन बैंक लिमिटेडले यही भाद्र २७, २०७९ देखि न्यूरोड शाखामा Cash Deposit Machine (CDM) संचालनमा ल्याएको छ ।
यस Cash Deposit Machine (CDM) बाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । सो मेसिनबाट रकम जम्मा गर्दा बिना ATM कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ ।
मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुबिधाले बैंकका ग्राहकहरुलाई बैंकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बैंकको विश्वास छ ।
हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ ATM र ६,००० भन्दा बढी एइक् त्भचmष्लबकि बाट सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया