साताको पहिलो कारोबार दिन नेप्सेमा भारी गिरावट, ३४ अंकले घटेर १९ सयको बिन्दु मुनि नेप्से

साताको पहिलो कारोबार दिन नेप्सेमा भारी गिरावट, ३४ अंकले घटेर १९ सयको बिन्दु मुनि नेप्से


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार भारी अंकले घटेको छ । आज नेप्से ३३.९७ अंकले घटेर १ हजार ८ सय ७६ दशमलब ४१ विन्दुमा बन्द भएका हो । 

त्यस्तै, आज नेप्सेमा १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्य १ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्लोबल आइएमई समुन्नत स्किम १ को शेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ ।  

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर लिमिटेडका सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी लक्ष्मी बैंकको भएको छ । यसको आज २१ करोड ३८ लाख भन्दा बढीको कारोबार भएको छ ।