कुमारी बैंकले ल्यायो ग्राहकहरुको लक्ष्य अनुसार सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना ल्याएको छ ।

ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम १० हजार देखि १० लाख सम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सक्नेछन् ।

अवधि

 

धनबृद्धि

वर्ष महिना दिनमा

बिज रकम
+
बिज रकमको १०% मासिक    

 

गुणा

वर्ष महिना ११ दिनमा

 

वर्ष ०५ दिनमा

 

बर्ष महिना २७ दिनमा

२० गुणा

१४ वर्ष महिना १७ दिनमा

 ५० गुणा

१९ बर्ष महिना १६ दिनमा

१०० गुणा

यस आवर्ती (recurring) योजना अन्तर्गत, प्रारम्भिक बिज रकमकोे १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ । यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ । यो योजना आश्विन १ गते देखि लागु हुने छ । 
 
आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।