बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु बैंक लिमिटेडले असोज महिनाका लागि नयाँ ब्याजदर घोषणा गरेको छ ।
बैंकका अनुसार विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा बार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गरिने छ ।
उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको जनाएको छ ।
बैंकका अनुसार यो योजना आगामी असोज ०१, २०७९ देखि लागु हुनेछ ।
प्रतिक्रिया