सर्वसाधारणले आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाउने

सर्वसाधारणले आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
आजदेखि सर्वसाधारणले दशैँका लागि नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि सर्वसाधारणले दशैको लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।

नेपाल राष्ट्र बैंकले आजदेखि दशै तिहारलाई लक्षित गरी नयाँ नोट वितरण सुरु गरेको छ । गएका वर्षमा कोभिड १९ को संक्रमणका कारण राष्ट्र बैंक आफैले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष भने राष्ट्र बैंकले अन्य बैंक तथा वित्तीय संस्थाका अतिरिक्त आफैले नयाँ नोटको सटही सुरु गरेको हो ।

बैंक तथा वित्तीय संस्थालाई भने कन्द्रिय बैंकले केहि दिन अघिदेखि नै नयाँ नोट उपलब्ध गराइसकेको छ । आजदेखि भने सर्वसाधारणले बैंक तथा वित्तीय संस्था र केन्द्रिय बैंकको कार्यालयबाट पनि नयाँ नोट साट्न पाउने छन् । उपत्यका बाहिरको हकमा भने असोज २ गतेदेखि मात्रै नयाँ नोट साट्न पाइने छ ।

दशैँमा नयाँ नोट साट्नका लागि केन्द्रिय बैंक तथा वाणिज्य बैंकहरुमा सर्वसाधारणको लामो भिड लाग्ने गर्छ । राष्ट्र बैंकले दशैँमा ५, १०, २०, ५० र १०० दरका नयाँ नोटहरु उपलब्ध गराउने गरेको छ ।

नयाँ नोट एक पटकमा एक जनाले १८ हजार ५०० रुपैयाँसम्म साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोट साट्न पाउनेछन् ।