बैंकिङ्ग समाचार, काठमाडौं ।
सिक्लेस हाइड्रोपावर लिमिटेडले भदौ २९ गते (आज) देखि सर्वसाधारणमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ वितरण गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले सर्वसाधारणमा कर्मचारी सहित प्रतिकित्ता रू. १०० अंकित दरका ११ लाख ५० हजार कित्ता आईपीओ वितरण गर्न लागेको हो । सर्वसाधारणमा वितरण हुने कुल कित्ता आईपीओमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याईएको छ । यी वाहेक बाँकी रहेको १० लाख ५८ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री खुला गरेको हो ।
लगानीकर्ताले यो शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेअि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् । यो आईपीओ छिटो अवधि असोज २ गतेसम्म विक्रीमा रहनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि असोज १२ गतेसम्म विक्री अवधि लम्बिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले आईपीओ खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र वेवसाइट मार्फत समेत आवेदन दिन सक्ने व्यवस्था छ ।
कम्पनीमा संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. ६५ करोड रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ८५ करोड कायम हुनेछ ।
प्रतिक्रिया