बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक एक पाईला फाउण्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनकोशी गाउँपालिकामा अस्पताल बनाएको फाउण्डेसनलाई उक्त रकम सहयोग गरेको हो ।
फाउण्डेसनले सुनकोशी गाउँपालिकामा एक एक पाइला ठोकर्पा आधारभूत अस्पताल निर्माण गरी संचालनमा ल्याइसकेको छ ।
सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाहीको मूख्य आतिथ्य तथा फाउण्डेसनका अध्यक्ष डा. सुमन शम्सेर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा करिब १५० जनाको सहभागिता रहेको थियो ।
उक्त परियोजनाबाट ठूलो संख्यामा सो क्षेत्र र आसपासका सर्वसाधारण हरु लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ । सो समारोहमा अस्पताल व्यवस्थापनले आर्थिक सहयोग प्रदान गरे वापत कम्पनीका उप-कार्यकारी प्रमुख प्रताप मान श्रेष्ठलाई विशेष सम्मान गरेको थियो ।
प्रतिक्रिया