बैंकिङ्ग समाचार, काठमाडौं ।
एकपछि अर्को सहकारी संस्थाहरु समस्या आउन थालेसँगै संस्थाका सञ्चालक तथा व्यवस्थापकहरु जिम्मेवारीबाट भाग्न खोजे भन्दै सहकारी विभागले सचेत गराएको छ ।
विभागले संस्थाका जिम्मेवार व्यक्तिहरु नै संस्थामा देखिएको कैफियतमा सबै अध्यक्ष र व्यवस्थापकलाई दोष लगाउदै जिम्मेवारीबाट अलग हुन विभागमा धाउने गरेको निर्देशनमा उल्लेख छ ।
सहकारी संस्थाका सञ्चालकलाई जिम्मेवारीबाट नपन्छिन विभागले निर्देशन जारी गरेको छ । विभागले प्रत्येक सञ्चालक सदस्यले संस्थाको हरेक क्रियाकलापमा चासो राख्न विभागको निर्देशन छ ।
संस्थाको सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र सम्पूर्ण शेयर सदस्य समेत सामूहिक जिम्मेवारीमा रहने हुँदा आफ्नो जिम्मेवारी नभुल्न सञ्चालकलाई विभागको आग्रह छ ।
प्रतिक्रिया