बैंकिङ्ग समाचार, काठमाडौं ।
श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सन्राइज क्यापिटलले सोमवार विहान उक्त आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १९ हजार ६९० कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो । यस आईपीओ खरीदका लागि तोकिएको अवधिभित्र १८ लाख ३८ हजार ७५१ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाई छ । यी आवेदकहरूबाट १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताको खरीद माग भएको विक्री प्रबन्धकले जानकारी दिएको हो ।
कुल आवेदकहरूमध्ये १ हजार ३ सय १५ जनाको आवेदन रितपूर्वक नभएकोले रद्द गरिएको छ । योग्य रहेका १८ लाख ३७ हजार ४३६ जना आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको हो ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा ३६ हजार ८५९ जना आवेदकहरूले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिएका कुल आवेदकहरूमध्ये १८ लाख १ हजार ८९२ जना आवेदकहरूको हात खाली भएको छ ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत विक्री गरेको समेत ३ लाख ९३ हजार ७५० कित्ता शेयर सर्वसाधारणमा वितरण गरेको हो । सर्वसाधारणमा वितरण गरको कुल कित्तामध्ये ५ हजार ४७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि र १९ हजार ६९० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ ।
लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी रू. १० करोड ९२ लाख ७५ हजार कायम भएको छ ।
प्रतिक्रिया