नेप्सेको ओरालो यात्रा कायमै, दोहोरो अंकले बजार घट्दा कारोबार रकम ७४ करोडमा सिमित

नेप्सेको ओरालो यात्रा कायमै, दोहोरो अंकले बजार घट्दा कारोबार रकम ७४ करोडमा सिमित


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज दोहोरो अंकले घटेको छ । आज नेप्से ११.४७ अंकले घटेर १ हजार ९ सय २६ दशमलब २८ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से २.१३ अंकले घटेर १ हजार ९ सय ३७ दशमलब ७४ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, शेयरबजार घटेसँगै कारोबार पनि निरन्तर रुपमा घटेको छ । आज नेप्सेमा ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा १ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये २६ वटा कम्पनीको शेयरमूल्य बढेको छ, १५६ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । मैलुङखोला जलविद्युत्त कम्पनीको शेयरमुल्य ४.५६ प्रतिशतले बढेर प्रतिकित्ता ५०४ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी, सानिमा लार्ज क्याप फण्ड र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको भएको छ । यसको आज ३ करोड ९५ लाखभन्दा बढीको कारोबार भएको छ ।