एभरेष्ट बैंकका ग्राहकले दराजमा कार्डमार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने

एभरेष्ट बैंकका ग्राहकले दराजमा कार्डमार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक र दराजबीच 'दराज दशैं धमाका' महोत्सवका लागि सम्झौता भएको छ । बैंकले नजिकिँदै गरेको दसैंलाई लक्षित गर्दै भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा कार्डवहाकहरुलाई आकर्षक छुट दिन दराजसँग सम्झौता गरेको हो ।

यस सम्झौतापश्चात बैंकका ग्राहकले अनलाइनबाट सामान किनेर डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा २ हजार रुपैयाँसम्म छुट पाउनेछन् । बैंकका अनुसार क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँ छुट हुनेछ ।

एभरेष्ट बैंकले देशैभरि छरिएर रहेको आफ्नो ११८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १५३ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।