बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक(एडिबी)सँग सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आग्रह गरेका छन् ।
नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका हुन । एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषासंग कुराकानी गर्दै मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । उनले भने भयो, ‘निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएकाले सरकारले उक्त क्षेत्रको बिकासलाई उच्च प्राथमिकतामा राखेको छ ।’
उनले नेपाल २०२६ सम्ममा अतिकम बिकसित देशबाट स्तरोन्नति हुदै गरेको हुनाले उक्त लक्ष हासिल गर्न निजि क्षेत्रको योगदान महत्वपूर्ण हुने पनि बताए । उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेको बताउदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता बैकल्पित उर्जा उद्योगमा सहयोग गर्न अनुरोध गरेका थिए ।
उनले नेपालको ग्रामिण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा , स्वास्थ्य , खानेपानी पूर्वाधार क्षेत्र लगाएतमा लगानी आवश्यक भएकोले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि उनले अनुरोध गरेका थिए ।
कोभिडको महामारीको बेला एसियाली विकास बैंकले गरेको सहुलियतापूर्ण ऋण र अनुदान सहयोगहरुका लागि उनले धन्यबाद दिए । एसियाली बिकास बैकका उपध्यक्ष अशोक लाभाशाले एसियाली विकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधै हातेमालो गर्ने बताए ।
प्रतिक्रिया