लुम्बिनी जनरल इन्स्योरेन्सले दियो पूर्वका विभिन्न जिल्लामा कृषि बीमा सचेतना तथा अभिकर्ता तालिम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्सले पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा बीमा सचेतना तथा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले भदौ ९ गतेदेखि १७ गतेसम्म पूर्वका विभिन्न जिल्लाका नगरपालिकाहरुमा पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम, बीमा सचेतना कार्यक्रम, कृषि बीमा सचेतना कार्यक्रम र बीमा अभिकर्ता तालिमहरु सम्पन्न गरेको हो ।

कम्पनीले भदौ ९ गतेदेखि ११ गतेसम्म संखुवासभाको खाँदबारीमा ३० जना सहभागीहरुलाई ३ दिने कृषि, पशुपञ्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम प्रदान गरेको थियो । भदौ ११ गते नै कम्पनीले खांदबारीमा नै बीमा सचेतना कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

त्यसैगरी, कम्पनीले भदौ १२ गते षडानन्द नगरपालिकामा ३८ जनालाई कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम, भदौ १३ गते संखुवासभाको धर्मदेवी नगरपालिकामा ४० जना सहभागीहरुलाई कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम, भदौ १५ गतेदेखि १७ गतेसम्म झापाको दमक नगरपालिकामा ३५ जना सहभागीहरुलाई ३ दिने निर्जिवन बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न गरेको थियो ।

कार्यक्रमहरुमा कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेनाले तालिम दिएका थिए भने कार्यक्रमको व्यवस्थापन कम्पनीका स्थानिय शाखा कार्यालयहरुले गरेका थिए ।