नेप्सेमा सामान्य अंकको गिरावट हुँदा कारोबार रकम १ अर्ब रुपैयाँ नाघ्यो

नेप्सेमा सामान्य अंकको गिरावट हुँदा कारोबार रकम १ अर्ब रुपैयाँ नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पाँचौं दिन आज बिहिबार झिनो अंकले घटेको छ । आज नेप्से २.१३ अंकले घटेर १ हजार ९ सय ३७ दशमलब ७४ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा १ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज कारोबार भएका कम्पनीमध्ये ११७ वटा कम्पनीको शेयरमूल्य बढेको छ, ६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । ग्लोबल आइएमर्ई लघुवित्त वित्तीय संस्था र मल्टीपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्य ४ प्रतिशत भनदा बढीले बढेको हो । 

नेप्सेका अनुसार सामुदायिक लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज १३ करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।