नेप्सेमा दोहोरो अंकको गिरावट: १ अर्ब १९ करोडको कारोबार, म्युचुअल फण्ड बाहेकका सबै उप-सुचक राताम्यै

नेप्सेमा दोहोरो अंकको गिरावट: १ अर्ब १९ करोडको कारोबार, म्युचुअल फण्ड बाहेकका सबै उप-सुचक राताम्यै


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से २१.२२ अंकले घटेर १ हजार ९ सय ५१ दशमलब ७९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा १ अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज नेप्सेमा म्युचुअल फण्ड बाहेकका सबै उप-सुचक घटेका छन् ।

आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ, १७१ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.६८ अंकले बढेर प्रतिकित्ता १०४२ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार सानिमामाई हाइड्रोपावरको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको भएको छ । यसको आज ९१ करोड ४१ लाख भन्दा बढीको कारोबार भएको छ ।