कुमारी क्यापिटलको साधरण सभा सम्पन्न, २ करोड बराबरको नगद लाभांश पारित

कुमारी क्यापिटलको साधरण सभा सम्पन्न, २ करोड बराबरको नगद लाभांश पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्म्म्पनीको सञ्चालक समितिका अध्यक्ष बिकास खनालको सभापतित्वमा टंगाल स्थितकुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो । 

उक्त सभामा कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सानहिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारित भएको छ ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजिको ५ प्रतिशतले हुन आउने २ करोड रुपैयाँ बराबरको नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

सभामा कम्पनीले आगामी दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजी बजारको विकासमा उल्लेखनिय योगदान पुर्याउने विश्वास दिलाएको छ ।