बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ महिनाको १० गतेसम्म बाणिज्य बैंकहरुको निक्षेप ४४ खर्ब २६ अर्ब रहेकोमा भदौ १७ गतेसम्म बैंकहरुको निक्षेप ११ अर्बले बढेर ४४ खर्ब ३७ अर्ब कायम रहेको छ ।
त्यस्तै, समीक्षा अवधिमा कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।
निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८८.४२ प्रतिशत रहेको संघले जनाएको छ अघिल्लो साता उक्त रेसियो ८८.४२ प्रतिशत थियो ।
चालु आर्थिक वर्ष सुरु भएयता बैंकको निक्षेप १ खर्ब ४ अर्बले घटेको छ । असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा भदौ १७ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर ४४ खर्ब ३७ अर्ब पुगेको हो ।
प्रतिक्रिया