बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रा.लि.बीच सम्झौता भएको छ । कुमारी बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर प्रालिबीच बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २०%, प्रयोगशाला शुल्कहरूमा १५%, एक्स–रेमा १०%, र औषधी शुल्कहरूमा ५% छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
कुमारी बैंकले ९८ शाखा, १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।



About Us
प्रतिक्रिया