सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ श्रेष्ठको नयाँ कार्यकाल हिजोबाट शुभारम्भ

सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ श्रेष्ठको नयाँ कार्यकाल हिजोबाट शुभारम्भ


बैंकिङ्ग समाचार, काठमाडौं ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल हिजो मिति २०७९/०५/१९ बाट थप ४ वर्षका लागि नयाँ कार्यकालको शुभआरम्भ भएको छ । यस बैंकको मिति २०७९ भाद्र ५ गते बसेको संचालक समितिको २९८ औं वैठकले श्रेष्ठलाई नयाँ कार्यकालका लागी नियुक्त गरेको थियो ।

साथैं ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं भदौ १९ गतेबाट क्ज्ब्ल्न्च्क्ष्ीब् ऋग्क्त्इःभ्च् ऋब्च्भ्  शुभारम्भ गरी ग्राहकहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइएको बैंकले जानकारी गराएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।