नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन

नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको साधारण सभा तथा ५ प्रतिशत बोनस लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते, आइतबार बुकक्लोज गर्ने भएपछि आज शेयरमुल्य समायोजन भएको हो । 

नेप्सेले कम्पनीको शुक्रबार कायम अन्तिम शेयरमूल्य ६९५ आधार मानेर ५ प्रतिशत बोनस शेयरपछिको मूल्य ६६१ दशमलव ९० रुपैयाँ तोकेको हो । अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ ।