सिभिल लघुवित्तको हकप्रद र लाभांशका लागि एकैदिन बुकक्लोज

सिभिल लघुवित्तको हकप्रद र लाभांशका लागि एकैदिन बुकक्लोज


बैकिङ्ग समाचार । 
सिभिल लघुवित्तले बिक्री गर्न लागेको शतप्रतिशत हकप्रद र गत आर्थिक बर्षको प्रस्तावित लाभांशका लागि एकैदिन बुकक्लोज गर्ने मिति तय गरेर साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको असार ३ गते बुधबार बसको संचालक समितिको बैठकले असार १५ गते बुकक्लोजको मिति तय गरेर असार २६ गते सातौं र आठौं बार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा होटल अर्किड काडमाण्डौमा विहान ८ बजे सुरु हुनेछ ।

लघुवित्तले १ः१ अनुपातमा ०७६ आषढ मसान्तसम्म कायम चुक्तापूँजी बराबर ११ लाख ४१ हजार १४० कित्ता अर्थात ११ करोड ४१ लाख १४ हजार रुपैयाँ बराबरको हकप्रद शेयर बिक्री गर्नेछ । हकप्रद खरिदगर्न इच्छुक लगानीकर्ता असार १४ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

सिभिल लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्तापूँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ। लघुवित्तले गत फागुनमा नै हकप्रद निष्कासनको अनुमति पाएपनि लकडाउनका कारण रोकिएको थियो।

यस्तै लघुवित्तले गत आर्थिक वर्ष २०७५।७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ। उक्त लाभांश पाउन र साधारण सभामा भाग लिन पनि असार १४ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ११ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले चैत मसान्तसम्ममा ३८ करोड ४२ लाख ९७ हजार रुपैयाँ निक्षेप र ७३ करोड ४४ लाख ३५ हजार रुपैयाँ सापटीबाट १ अर्ब २५ करोड ४० लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ६० पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको मूल्य आम्दानी अनुपात ७०.३१ गुणा रहेको छ।

\"\"