बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शेयर संरचना मिलाउन एफपीओ निष्कासन गर्ने भएको छ ।
बुद्ध ज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि शेयर संचरना मिलाउनको लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले बुद्ध ज्योती लघुवित्तलाई १ बराबर शून्य दशमलव ७६ को अनुपातमा गाभेको हो ।
स्वाप रेसियो निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापूँजी रू. ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ पुगेको छ । नेपाल राष्ट्र बैंकबाट २०७९ साउन ३० गतेको पत्रानुसार संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व प्रतिशत ७०:३० कायम गर्ने प्रयोजनको लागि एफपीओ जारी गर्न लागिएको कम्पनीले बताएको छ ।
प्रतिक्रिया