नेपाल राष्ट्र बैंकमा अधिकृत तृतीयदेखि सहायक द्वितीयसम्मको पदमा ४३ जना कर्मचारी माग

नेपाल राष्ट्र बैंकमा अधिकृत तृतीयदेखि सहायक द्वितीयसम्मको पदमा ४३ जना कर्मचारी माग


बैंकिङ्ग समाचार, काठमाडौं ।
 नेपाल राष्ट्र बैंकले विभिन्न पदमा जागिर खुलाएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि ४३ जना कर्मचारीको माग गरेको छ । राष्ट्र बैंकले प्रशासन तर्फ ४२ र प्राविधिकतर्फ १ गरि कुल ४३ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले प्रशासनतर्फ १८ जना सहायक निर्देशक (अधिकृत तृतीय) र २४ जना सहयक (सहायक द्वितीय) माग गरेको हो । त्यस्तै प्राविधिकतर्फ आइटी तथा साइबर सेक्युरिटी अन्तर्गत १ जना सहायक तृतीय (सहायक निर्देशक) माग गरेको हो ।

सहायक निर्देशक पदको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । सहायक निर्देशक पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्प्युटर, सूचना प्रविधि वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यस्तै, सहायक (सहायक द्वितीय) पदको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा १० जोड २ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । समावेशी समूहतर्फ फाराम भर्ने उम्मेदवारहरूले आदिवासी/जनजाति,मधेशी, दलित, अपाङ्ग र पि.क्षे.को लागि सम्बन्धित निकायले जारी गरेको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने जनाएको छ ।

इच्छुक तथा योग्य आवेदकले भदौ १७ गतेदेखि असोज ६ गतेसम्म र दोब्बर दस्तुर तिरेर असोज १३ गतेसम्म राष्ट्र बैंकको वेबसाइट www.nrb.org.np को CAREER सेक्सन भित्र रहेको Online Portal for Open Competition बाट अनलाइन आवेदन दिन सक्ने छन् ।

हेर्नुहोस् सूचना :

\"\"