नेपाल पुनर्बीमा कम्पनीको ५% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल पुनर्बीमा कम्पनीको ५% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (भदौ १७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते, आइतबार बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले चुक्ता पूँजी ११ अर्ब ६५ करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश पारित गर्न कम्पनीले भदौ ३० गते, बिहीबार, कार्की ब्याङ्केट, बबरमहलमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

उक्त बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।