बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आयातमा प्रतिबन्ध लगाएका वस्तुहरुको प्रतितपत्र (एलसी) नखोल्न बैंकहरुलाई निर्देशन दिएको छ । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ । राष्ट्र बैंकले भदौ १३ गते एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित भए अनुसार सरकारले प्रतिबन्ध लगाएको वस्तुरुहको प्रतितपत्र (एलसी) नखोल्न भनेको हो ।
सरकारले गत बैशाख १३ गतेदेखि विभिन्न १० वस्तुको आयात प्रतिबन्ध गरेको थियो । यसमध्ये कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने खुलाएको छ ।
तर, गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो । जसको प्रतिबन्ध असोज २८ गतेसम्मलाई लम्ब्याइएको छ ।
प्रतिक्रिया