मुक्तिनाथ विकास बैंकको साढे २२ लाखसम्मको बीमा सुविधा भएको “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना

मुक्तिनाथ विकास बैंकको साढे २२ लाखसम्मको बीमा सुविधा भएको “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना


बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु. २२ लाख ५० हजार सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत व्यतिmगत मुद्धती खातामा न्यूनतम रु. ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्ने खातावालहरुले आफनो लागि रु १० लाख सम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् । 

यस योजना अन्तर्गत ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्नेछन् र जति अवधिको मुद्धती खाता खोलिन्छ त्यतीनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्नेछन् । यो योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।