कुमारी बैंकको नयाँ शाखा सिन्धुलीको खुर्कोटमा संचालन


बैंकिङ्ग समाचार, काठमाडौं ।
कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेश सिन्धुली जिल्लास्थित खुर्कोट शाखा २०७९ भाद्र १५ गते बुधबारबाट संचालनमा ल्याएको छ । 

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना बनाएको छ । 

कुमारी बैंकले देशभर रहेका १९८ शाखा संजाल, १९४ एटिएम, २४ एक्सटेन्सन काउन्टर तथा ४९ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझै बढी सेवा दिने प्रतिबद्धता जनाएको छ ।