सबै उपसूचक रात्ताम्मे हुँदा नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार

सबै उपसूचक रात्ताम्मे हुँदा नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार आज दोहोराे अंकले घटेको छ । आज नेप्से २१.९७ अंकले घटेर १ हजार ९ सय ७३ दशमलब ३८ विन्दुमा बन्द भएको छ । मंगलबार नेप्से २.१९ अंकले बढेर १ हजार ९ सय ९५ दशमलब २१ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, शेयरबजार घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । आज नेप्सेमा १ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब १ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका कम्पनीमध्ये १५ वटा कम्पनीको शेयरमूल्य बढेको छ, १६८ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड १ को शेयरमूल्यमा सबैभन्दा धेरै बढेको छ, यसको शेयरमुल्य १.९७% ले बढेको हो । त्यस्तै हिमालयन पावर पार्टनर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यसको आज १० करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ ।