बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र बाँडफाँड

बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र बाँडफाँड


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले निष्काशन गरेको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । बैंकले ७ वर्ष अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर ‘बिओके डिबेञ्चर २०८६ (क)’ नामक ऋणपत्र भदौ २ गतेदेखि भदौ ७ गतेसम्म जारी गरेको थियो । बैंकले सोही ऋणपत्र भदौ १४ गते बाँडफाँड गरेको हो ।

बैंकले भदौ २ गतेदेखि भदौ ७ गतेसम्म १ हजार रुपैयाँ अंकित दरका ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड बराबरको ऋणपत्र निष्काशन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरुलाई भदौ १४ गते बाँडफाँड गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले कुल कित्ता मध्ये ६ लाख ६० हजार कित्ता ब्यक्तिगत तबरबाट विक्री गरेको थियो भने बाँकि ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।

उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।