मिर्मिरे लघुवित्तले बोलायो विशेष साधारणसभा, नागबेलीलाई प्राप्ति गर्ने

मिर्मिरे लघुवित्तले बोलायो विशेष साधारणसभा, नागबेलीलाई प्राप्ति गर्ने


बैकिङ्ग समाचार । 
मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई आफुमा गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । लघुवित्तको बुधबार बसेको संचालक समितको बैठकले असार २० गते विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको साधारण सभा सिद्धार्थ कजेट तीनकुने काठमाडौंमा दिनको १ बजे बस्नेछ।

काभ्रेपलान्चोकको बनेपामा केन्द्रिय कार्यालय रहेको मिर्मिरेले झापाको बिर्तामोडमा केन्द्रिय कार्यालय रहेको नागबेली लघुवित्तलाई प्राप्त गर्ने प्रस्ताव उक्त विशेष साधारणबाट पारित हुनेछ ।

नागबेली लघुवित्तले पनि असार २० गते नै विर्तामोडमा कम्पनीको विशेष साधारणसभा बोलाएको छ।

दुई लघुवित्त कम्पनीबिच फागुन १३ गते गाभ्ने तथा गाभिने सम्झौता भएको थियो। मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त दुबैले सर्वसाधारणमा शेयर जारी नेपाल स्टक एक्सचेञ्जमा सुचीकृत भइसकेका छन्।

एक्वीजिसन सम्बन्धि सम्झौतासँगै नेप्सेमा नागबेली लघुवित्तको शेयर कारोबार रोक्का भएको छ। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्थालाई समेत एक्वायर गर्ने भएको छ।

सभामा मिर्मिरे लघुवित्तले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने, शेयर स्वाप रेशियो पारित गर्ने, संस्थाको पूँजी संरचनामा हुने परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न शेयर जारी गर्ने तथा सोपश्चात कायम हुने चुक्तापूँजीको आधारमा हकप्रद शेयर जारी गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ।