काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१\८२ को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १२ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १५.२५ प्रतिशतले वृद्धि भएको हो ।
पुष मसान्तसम्ममा कम्पनीले ९४ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड ३५ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.०४ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले यस अवधिमा २८ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३.५० प्रतिशतले घटेको हो ।
प्रतिक्रिया