नबिल बैंकको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

नबिल बैंकको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीको नाममा रहेको ५० हजार कित्ता शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।

बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४८० रुपैयाँ तोकेको छ । यससाथै इच्छुक आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयरमा आवेदन दिन चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, तिनधारा, विणामार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आफुले लिन चाहेको शेयर संख्या खुलाई दरखास्त पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार उक्त शेयर अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।