काठमाडौं – सन नेपाल लाइफले चालु आवको दोस्रो त्रैमासिक अवधीसम्ममा २८ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । आज प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा सामान्य घटेको छ ।
समीक्षा अवधीमा कम्पनीले दुई अर्ब ४५ करोड रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । ७२ करोड ७२ लाख रुपैयाँ दावी भुक्तानी दिएको छ ।
पुस मसान्तसम्ममा कम्पनीले जीवन बीमा कोषमा आठ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । गत बर्षको सोही अवधीमा छ अर्ब ४३ करोड रुपैयाँ संचित रहेको थियो । समीक्षा अवधीमा कम्पनीले १० अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ ।
प्रतिक्रिया