हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यापार ३७% ले वृद्धि

हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यापार ३७% ले वृद्धि



काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१।८२ को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले १ अर्ब ६८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३७.५५ प्रतिशतले वृद्धि भएको हो ।

२ अर्ब ५० करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४१.५६ प्रतिशतले घटेको हो।

कम्पनीले यस अवधिमा ८२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७६.३८ प्रतिशतले वृद्धि भएको हो ।