कामना सेवा र हिबाची प्लेस बीच मर्चेन्ट सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । दुई कम्पनीबीच आइतबार एक आपसमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा ग्राहकहरुले यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ  ।