काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास साउन–पुससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफाबाहेक अधिकांश सूचकमा बृद्धि भएको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको हो ।
यस अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७९ करोड ३५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षो सोही अवधिमा कम्पनीले ७५ करोड २ लाख रुपैयाँ खर्चिएको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ४४ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३१ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४१ प्रतिशतले बढेको हो ।
वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म ७ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा घटेको हो ।
प्रतिक्रिया