मेगा क्यापिटलको तिज विशेष अफर, नारी पोर्टफोलियो सेवामा छुट

मेगा क्यापिटलको तिज विशेष अफर, नारी पोर्टफोलियो सेवामा छुट

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सेयर लगानी व्यवस्थापन सेवा अर्थात पोर्टफोलियो व्यवस्थापन सेवा प्रदायक कम्पनी मेगा क्यापिटलले नारी पोर्टफोलियो सेवामा छुट अफर ल्याएको छ । मेगा क्यापिटल लिमिटेडले यस वर्षको हरितालिका तिजको उपलक्ष्यमा नारी सशक्तिकरणका लागि छुट सहित पोर्टफोलियो व्यवस्थापन सेवा प्रदान गर्ने भएको छ ।

उक्त सेवाले नारीहरुको आत्मनिर्भरताका लागि शेयर बजारमा लगानी गरी आफ्नो भविष्य सुनिश्चित गर्न टेवा पुर्याउने कम्पनीले जनाएको छ ।

उक्त सेवा न्युनतम ३ लाख लगानीबाट आरम्भ गर्न सकिने तथा अपेक्षित प्रतिफल २० देखि २२ प्रतिशत रहनेछ । विशेषज्ञहरुबाट लगानी व्यवस्थापन सेवा प्रदान गरिने भएकोले यस सेवा सुरक्षित रहने सम्भावना उच्च रहेको कम्पनीले जनाएको छ । उक्त सेवा अफर भदौ १२ गते देखी असोज १२ सम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

यस सेवामा एएमसि पूर्ण रुपमा नि:शुल्क हुनेछ । साथै, सो सेवा आफुसँग भएको शेयर हस्तान्तरण गरेर पनि प्रारम्भ गर्न सकिनेछ पीएमएस को सम्पूर्ण जानकारी अनलाइन मार्फत वा प्रत्यक्ष भेटघाटबाट गराईने कम्पनीले जनाएको छ ।