काठमाडौं – हिमालयन रि इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफासँगै अधिकांश सूचक उत्कृष्ट भएको छ ।
वित्तीय विवरणअनुसार दोस्रो त्रैमाससम्म कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २.३६ प्रतिशतले वृद्धि भएको हो।
समीक्षा अवधिसम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १८ करोड रुपैयाँ सञ्चित गरेको छ। कम्पनीको शेयर पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ५० करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले २ अर्ब २४ करोड २१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११.८० प्रतिशतले बढेको छ।
कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब २९ करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड ६० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १४.९० प्रतिशतले बढेको छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ईपीएस घटेर ११.८६ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस १२.०५ रुपैयाँ रहेको थियो। प्रतिशेयर नेटवर्थ १६१.५७ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ६७.२८ गुणा रहेको छ।
प्रतिक्रिया