बैंकिङ्ग समाचार, काठमाडौं ।
आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ३४ दशमलव ४२ अंकले घटेर १ हजार ९ सय ८८ दशमलव २० को विन्दुमा बन्द भएको छ । शुक्रबार नेप्से १६.९३ अंकले घटेर २ हजार २२ दशमलब ६२ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकम भने उल्लेख्य बढेको छ । आज नेप्सेमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार नेप्सेमा १ अर्ब २९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये ५ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १८२ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको शेयरमूल्य वृद्धि भएको छ । कम्पनीको शेयरमुल्य ५ दशमलव ९० प्रतिशतले वृद्धि भएको हो ।
नेप्सेका अनुसार आज रुरु जलविद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा धेरै अरुण कावेली पावरको शेयर कारोबार भएको छ । कम्पनीको १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया