पिपुल्स पावरको आइपीओ बाँडफाँडः २ लाख २९ हजार ४६८ जनाले पाए १० कित्ता, २ जनालाई ११ कित्ता

पिपुल्स पावरको आइपीओ बाँडफाँडः २ लाख २९ हजार ४६८ जनाले पाए १० कित्ता, २ जनालाई ११ कित्ता


बैंकिङ्ग समाचार, काठमाडौं ।
पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा शेयर बाँडफाँड भएको हो ।

कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये ५ हजार ११२ जना आवेदकको आवेदन रद्द भएको छ । १५ लाख ५१ हजार ४१३ आवेदकले १ करोड ६९ लाख १० हजार ६२० कित्ताका लागि दिएको आवेदन सदर भएको छ ।

आइपीओमा मागभन्दा बढी आवेदन पारेकाेले धिताेपत्र तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथबाट सदर भएका १५ लाख ५१ हजार ४१३ आवेदक मध्येबाट २ लाख २९ हजार ४६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता शेयर वितरण गरिएको छ । बाँकि भएको दुई कित्ता शेयर थप दुई जनालाई एक/एक कित्ता वितरण गरिएको छ ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ । बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरिएको हो ।