बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले सशस्त्र प्रहरी वल विपद् ब्यबस्थापन तालिम केन्द्र, कुरिनटार चितवनमा एक दिने बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उच्च पदस्त अधिकारी सहित विभिन्न तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ समाबेश गरि उक्त तालिम संचालन गरिएको हो ।
उक्त तालिममा सहभागीहरुले बीमा बारेमा आफ्नो धारणा पहिले गलत रहेको तर यस तालिममा सहभागी भएपछि बीमा बारेमा सकारात्मक धारणा बिकास भएकोले आफ्नो बीमा गरिहाल्ने र सहभागी नभएका अन्य साथी र समाजमा पनि बीमा गर्नका लागि प्रोत्साहन गर्ने बताए ।
कार्यक्रममा प्रशिक्षकको रुपमा कम्पनीका क्षेत्रीय प्रमुख बलराम खत्री, सिओटी एनबि गुरुङ, एमडिआरटी दीपक राज गिरि रहेका थिए । सानिमा लाइफको धेरै योजनामध्ये केही बीमा योजनाहरुको बारेमा पनि समेत सहभागीहरुलाइ जानकारी गराइएको थियो ।
कायृक्रममा प्रहरी नायब उपरीक्षक सुदन प्रसाद भारतीले दिनरात अहोरत्र बिपद ब्यबस्थापनमा खटिएका हामी, हाम्रो नै बीमा भएन भने हामी र हाम्रो परिवार नै बिपद र आर्थिक संकटमा पर्ने बताए । त्यसकारण बीमा सबैको लागि अनिवार्य रहेको समेत उनले बताएका छन् ।
प्रतिक्रिया