राधी विद्युत कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन

राधी विद्युत कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनीको शेयर मूल्य समायोजन भएको छ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले आज कम्पनीको १४७.५२ प्रतिशत हकप्रद समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको मूल्य २ सय ८१ रुपैयाँ ४० पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात शुक्रबार कम्पनीको शेयर प्रतिकित्ता ५ सय ४९ पैसामा अन्तिम कारोबार भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।