अब सानिमा बैंकबाट पनि आईपिओ भर्दा शुल्क नलाग्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले आफ्नो सम्पूर्ण खाताहरुमा सी-आश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने जनाएको छ ।

हालै मात्र नेपाल धितोपत्र बोर्डले सी-आश्वा शुल्क अधिकतम ५ रुपैयाँ मात्र लिन पाईने ब्यबस्था गरेको हो । अधिकतम ५ रुपैयाँ लिन सकिने ब्यबस्था भए पनि सानिमा बैंकले यी सेवा नि:शुल्क दिने भएको हो ।

यस अघि बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँ शुल्क लिदै आएकोमा अब अधिकतम ५ रुपैयाँमात्र लिन पाउने छन् । यद्यपि उनीहरुले चाहेमा यो सेवा निशुल्क समेत दिन सक्ने छन् । बोर्डले ५ रुपैयाँ मात्र लिन सकिने नियम बनाएपछि कतिपय बैंकहरुले यो सेवा निशुल्क दिन थालेका हुन् ।