पिपुल्स पावरको आईपीओ आइतबार बाँडफाँट हुदै, १३ लाख बढिको हात खाली हुने

पिपुल्स पावरको आईपीओ आइतबार बाँडफाँट हुदै, १३ लाख बढिको हात खाली हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
पिपुल्स पावर कम्पनीको आईपीओ आइतवार भदौ १२ गते बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार क्यापिटलको आफ्नै कार्यालयमा बाँडफाँट हुने जानकारी दिएको हो । आईपीओको प्रि अलोटमेन्ट भने बुधवार सम्पन्न भइसकेको क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओमा माग भन्दा ७ दशमलव ९३ गुणा बढी आवेदन परेको छ । यस आधारमा आईपीओ गोलाप्रथाद्धारा बाँडफाट हुनेछ । कम्पनीको आईपीओमा कुल १६ लाख ६ हजार १०९ जनाले आवेदन दिएका हुन ।

जसमध्ये २ लाख २९ हजार ४६८ जनाले मात्रै शेयर पाउनेछन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ ।