सफल मर्जरपछि मिर्मिरे र बुद्धज्योति लघुवित्त लघुवित्तले भदौ १५ देखि एकिकृत कारोबार सुरु गर्ने

सफल मर्जरपछि मिर्मिरे र बुद्धज्योति लघुवित्त लघुवित्तले भदौ १५ देखि एकिकृत कारोबार सुरु गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन् । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुद्धज्योती लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरी दुई लघुवित्तले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्न लागेका हुन् ।

यी दुई कम्पनीहरूबीच गत फागुन २७ गते प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । दुबै कम्पनीहरूको गत असार ३१ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

नेपाल राष्ट्र बैंकले भदौ ६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ ९ गते कम्पनीलाई एकिकृत कारोबारका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

प्राप्ती पश्चात बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ८ बनेपा बजार, काभ्रेपलान्चोकमा रहनेछ ।

\"\"