बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सार्वजनिक गरेको छ ।
यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत ब्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ्ग सुविधा प्रदान गरिने बैंकले जनाएको छ । न्यूनतम मौज्दात ५०० रुपैयाँमै खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुनेछ ।
विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो । बैंकले देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने जनाएको छ ।
प्रतिक्रिया