काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ५ हजार ४०७ कित्ता शेयर कम्पनीकै संस्थापक शेयरधनीले किन्न पाउने गरी बिक्रीमा राखेको छ।
यो शेयर हाललाई कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउछन् । ३५ दिन नाघ्दासम्म शेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
प्रतिक्रिया